पोखरा महोत्सवमा चिडियाखाना अवलोकन गर्न निःशुल्क बस
पाेखरा | पुस २८, २०७९
पोखराः पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवमा पोखरामा निर्माणाधिन चिडियाखानाको अवलोकनको लागि निःशुल्क बसको ब्यवस्था गरेको छ । महोत्सवमा आउने दर्शकले टिकट काटेर महोत्सवको अवलोकन संगै महोत्सव स्थलबाट दिउसो एकबजे र चार बजे गरी दुई सिफ्टमा निशुल्क बस सेवा उपलब्ध गराइएको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
महोत्सव प्रवेश टिकटपछि दर्शकले निशुल्क रुपमा बस सेवाको उपलब्ध गराउने र चिडियाखाना पुगेपछि भने दर्शकले टिकट काट्नुपर्नेछ । चिडियाखाना अवलोकनको लागि विद्यार्थीलाई १५ र सर्वसाधारणका लागि २५ रुपैया टिकट लाग्ने समेत प्रचार प्रसार संयोजक सुनारले बताए ।
युनाइटेड क्लबले महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी थाल्दै आएको र एघारौं संस्करणको पोखरा महोत्सव सम्म आइपुग्दा चिडियाखाना निर्माणको कार्य तीब्र गतिमा बढिरहेको छ ।
चिडियाखाना अवलोकनमा जाने दर्शकहरुले निलगाइ, हुचिल, इजिप्सियन भल्चर, मृग, बांदर लगायतका जीवजन्तुहरुको अवलोकन गर्न पाउनेछन । महोत्सवको दोश्रो दिन दर्शकहरुको उल्लेख्य सहभागिता रहेको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिए ।
महोत्सवमा बिहीबार दर्शकहरुलाइ लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल, प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारी लगायतले लोकदोहोरी मार्फत मनोरन्जन प्रदान गरेका थिएभने हास्य ब्यङ्ग्य तर्फ कमेडियन जादुगर दिपक थापा मगरले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए । सांझको कन्सर्ट तथा लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती बाट युवाहरुले मनोरन्जन लिएका थिए ।
महोत्सवमा शुक्रबार लोकदोहोरीतर्फ चन्द्र शर्मा, जीवन दाहाल, कुमार पुन, शिवहरी ढुंगाना, लक्ष्मी नेपाली, इन्द्रा गुरुङ, केशव देवकोटा, रचित पौडेल, तुलसा जिसीको प्रस्तुती रहनेछभने सांझको लाईभ ब्याण्ड तर्फ अभय एण्ड द स्टीम इन्जीन्सको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

